स्थानीय तह निर्वाचन: क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेशले बहिष्कारका लागि तीव्र तयारी गर्दै 

0 378

दाङ । नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशको पूर्ण बैठक भालुबाङ्गमा रहेको होटल एभरल्याण्डमा सम्पन्न भएको छ । मंगलबार पार्टीका पीविएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी संकुलको अध्यक्षातामा उक्त बैठक सम्पन्न भएको हो । सो बैठकमा पार्टीका स्थायी कमिटी सदस्य राम सिहं श्रीष प्रमुख अतिथि रहनुभएको थियो ।

बैठकले प्रतिगामी राज्यव्यवस्थाले घोषणा गरेको कथित निर्वाचनलाई ससक्त रूपमा बहिस्कार गर्नुपर्ने पार्टीको निर्णयलाई कार्यान्वयनमा जोड दिनुपर्ने बिषयमा आवश्यक निर्णय गरिएको छ ।

भष्टाचार , महङ्गी बेथितिले थला परेको अवस्थामा फेरि चुनावको नौटङ्काी गर्दै कसरी राष्ट्रलाई ब्रमलुट गर्ने र असफल बनाउने षड्यन्त्रमा लागेका दलाल विदेशीका मतियारलाई परास्त पार्नु पर्ने बिषयमा छलफल भएको सेक्रेटरी संकुलले जानकारी दिनुभयो ।

You might also like
Loading...