सर्वहारा अन्तर्राष्ट्रियताबारे

0 547

पहिलो अन्तर्राष्ट्रिय
सन् १८६४ सेप्टेम्बर २८ मा माक्र्स र एंगेल्सले पहिलो अन्तर्राष्ट्रिय मजदुर संघको लण्डनमा स्थापना गर्नु भयो । यसमा विभिन्न देशका मजदुर आन्दोलनलाई एकिकृत गर्दै,कतिपय माक्र्सवादी समाजका विभिन्न रुपहरु,विभिन्न सम्प्रदाय र मतहरुको उपस्थिति थियो । माक्र्सवादसंग मेल नखाने सिद्धान्त र मतहरुका विरुद्ध संघर्ष गर्दै माक्र्सले अन्तर्राष्ट्रिय रुपमा मजदुर वर्गको सर्वहारा संघर्षको एकरुपताको कार्यनीतिको निरुपण गर्नुभयो । शुरु देखि नै माक्र्स र एंगेल्सले अराजकतावादी,दक्षिणपंथी सुधारवादी, उग्रवामपन्थीहरुसंग चर्को संघर्ष गर्नु परेको थियो । यसमा प्रुंधो,लासालपन्थीहरु वाकुनिन,ब्लाङ्की,भेज्जिनो,टुण्गल्याण्डको उदार ट्रेड युनियनवाद र वाकुनिन अराजकतावादी थिए । प्रुंधो अराजकतावादको पिता पनि भन्ने गरिन्छ । यिनले वर्गसंघर्ष,सर्वहाराको पार्टी र सत्ताविना नै सहकारी मार्फत् समाजवादको निर्माण गर्न सकिन्छ भन्ने दक्षिणपन्थी सुधारवादी मान्यता राख्दथे–यसका अनुयायी लासाल बन्न पुगे । ब्लाङ्कीले राजनीतिक पार्टी राज्यसत्ता तथा ट्रेड युनियनको आवश्यकता छैन भन्ने मान्यता राख्ने आर्थिक र राजनीतिक सुधारका बिरोधी थिए । यिनको पँुजीवादी राज्यसत्तालाई षड्यन्त्र मुलक सशस्त्र गतिविधिद्धारा ध्वंस गरी समाजवादको स्थापना गर्न सकिन्छ भन्ने मत थियो । ब्लाङ्की र वाकुनिन उग्रवामपन्थी र अराजकतावादी थिए । वाकुनिन पछि प्रुंधोसंग मिल्न पुगे ।

सन् १८६३ मा जर्मनीमा सामाजिक जनवादी पार्टीको स्थापना भयो । यो नै पेरिस कम्युन भन्दा अगाडिको सर्वहारा वर्गको पहिलो पार्टी थियो । सन् १८७१ मा पार्टी बिना नै मजदुरहरुको विद्रोहले फ्रान्समा पहिलो राजनैतिक सत्ता पेरिस कम्युन खडा गर्यो । पेरिस कम्युनको असफलतापछि सन् १८७३ मा मात्र फ्रान्समा सामाजिक जनवादी पार्टीको स्थापना भएको थियो ।वाकुनिन लगायतका अराजकतावादीहरुको पकड भएको पहिलो अन्तर्राष्ट्रियको महाधिवेशन सन् १८७२ मा जर्मनीको सामाजिक जनवादी पार्टीले ¨स्वतन्त्र राज्य¨ को मान्यता राखेको राजनीतिक कार्यक्रम प्रख्यात गोथा कार्यक्रम पारित गर्यो । त्यो वर्ग समन्वयवादी धारण थियो । यसलाई माक्र्सले आफ्नो प्रसिद्ध कृति गोथा कार्यक्रमको आलोचनामा सटिक खण्डन गर्नुभयो । यसको केही समयपछि सन् १८८१ मा डिसेम्बर २ मा माक्र्स कि पत्नी नेजी माक्र्सको निधन भयो, लगतै सन् १८८३ मार्च १४ मा माक्र्सको मृत्यु भयो ।

दोस्रो अन्तर्राष्ट्रिय
पहिलोको पतन पश्चात् सन् १८८९ मा एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको स्थापना भयो । यसले प्रुंधो,ब्लाङ्की र वाकुनिनको नेतृत्वको अराजकतावादलाई परास्त गर्यो तर संसदवादका रुपमा रहेको दक्षिणपन्थी अवसरवादको प्रभाव भने कमजोर बनाउन सकेन । उपनिवेशवादको विकासले मजदुर आन्दोलन भित्र अभिजात वर्ग पैदा भएको र ट्रेड युनियनवाद हावी हुँदै गयो । आर्थिक सुधारमा बढी महत्व दिने यो प्रवृत्तिले सामाजिक जनवादी पार्टीभित्र दक्षिणपन्थी अवसरवादका लागि अनुकुल वातावरण सृजना भयो । लेनिनले यस अर्थवादका बिरुद्ध पेचिलो संघर्ष गर्नुभयो ।

तत्काल दक्षिणपन्थी अवसरवादको असर फ्रान्सको समाजवादी पार्टीमा देखियो । अलेम्जान्डर मिलेरा रुसोले पार्टीमा सशक्त विरोधको बावजुत बुर्जुवा सरकारको मन्त्री बने र प्रतिक्रियावादी सरकारमा सामेल भएर सर्वहारा वर्गीय क्रान्तिप्रति गंभीर गद्यारी गरे । यस विषयमा जर्मनीकी नेतृ रोजालक्जमवर्ग र फ्रान्सका नेता गोड्सेले मिलेराले सैद्धान्तिक गल्ती गरेको भनेर विरोध गरे । फ्रान्सका जैरेसले यसलाई विजयको रुपमा लिए भने जर्मनीका कार्लकाउत्सकीले यसलाई कार्यनीति बनाई यो सम्बन्धित पार्टीले निर्णय लिनु पर्ने बताएर मध्यमार्गी बाटो लिए । अधिवेशनमा व्यापक वहस भयो तर प्रतिक्रियावादी सरकारमा सहभागिताको प्रश्नलाई सहि भन्यो । माक्र्सवादले यस प्रवृत्तिलाई संसदवाद,मन्त्रीमण्डलवाद र मिलेराँवादलाई गम्भीर गद्यारी र दक्षिणपन्थी अवरवादको ज्यादै कुरुप प्रवृत्ति र पात्रको रुपमा प्रस्तुत गर्दै आएको छ ।

बर्नस्टिनले माक्र्सवादका आधारभूत सिद्धान्त वर्गसंघर्ष र अतिरिक्त मूल्यको विषय पुराना भैसके भन्ने र आन्दोलन सबथोक हो, उद्येश्य केही होइन भनेर संशोधनवादको पक्षमा वकालत गरे । लेनिनले आफ्नो प्रसिद्ध कृति माम्र्सवाद र संशोधनवादका बारेमा निकै सुस्पष्ट र चोटिलो ढंगले सन् १९०६ मा संशोधनवादसंग लडाई प्रस्ट्याउनु भएको छ । यसका अर्का नेता कार्ल काउत्स्कीले लेनिनको प्रसिद्ध रचना राज्य र क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वको समेत विरोध गरेर आफुलाई खाँटी संशोधनवादी कित्तामा उभ्याएका छन । वर्नस्टिन र काउत्स्कीले एकातिर साम्राज्यवादलाई राम्रो भन्न पुगे भने अर्कोतिर यदि विश्वयुद्ध भैहाल्यो भने हरेक देशका सामाजिक जनवादी पार्टीले आ–आफ्नो देशको सरकारको प्रतिक्रियावादी सरकारको पक्षमा उभिनु पर्छ भनि विश्वयुद्ध भैहाले गृहयुद्धमा जानुपर्दछ भन्ने आफ्नै अन्तर्राष्ट्रियको निर्णय विरुद्ध बुर्जुवा शासक वर्गको सेवक बन्न पुगे । यसरी दोस्रो अन्तर्राष्ट्रियले प्रतिकृयावादीको पक्षमा लागेको र संसदवादी नीति लिएकोले सन् १९१६ मा लेनिनले यसको विघटन गर्नु भयो । दोस्रो अन्तर्राष्ट्रियको नेतृत्व शुरु चरणमा एंगेल्सले गर्नु भयो । ५ अगस्ट १८९५ मा एंगेल्सको मृत्यु पश्चात् लेनिनले यसको नेतृत्व गर्नुभयो ।

रुसमा मेन्सेभिकहरुले लेनिनको कार्यदिशाका विरुद्ध , सशस्त्र संघर्षको विरुद्ध र पार्टी खुला राख्न पर्दछ भन्ने मान्यता राखे जुन बुर्जुवा वर्गको नेतृत्वको लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यक्रम थियो । किसानसंग एकता गर्नु हुँदैन भन्ने सोच उनीहरुको थियो । रुसमा फेरुवरी क्रान्तिको सफलता पछि मेन्सेभिकहरुको कैरन्सीको अस्थायी सरकारमा सहभागी भए , रुसी लेनिनवादी क्रान्तिको विकास संशोधनवादी मेन्सेभिकहरु र कार्ल काउत्स्की विरुद्धको सैद्धान्कि तथा राजनीतिक संघर्षको क्रममा विकास हुँदै गएको थियो । यसै प्रकृयामा सन् १९१७ अक्टोबर २५ मा रुसमा क्रान्ति सम्पन्न भयो, जो सर्वहारा वर्गको पहिलो राज्यसत्ता थियो ।

तेस्रो अन्तर्राष्ट्रिय
विश्व भरिका ३४ वटा पार्टीहरुबाट ५२ जनाको प्रतिनीधित्वमा सन् १९१९ मा लेनिनको नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रियको स्थापना भयो । यसलाई अधिवेशनले कम्युनिष्ट इन्टरनेशनल (कमिन्टर्न)बाट नामाकरण गर्यो । यस अधिवेशनले बुर्जुवा लोकतन्त्रका विरुद्ध सर्वहारावर्गको अधिनायकत्व नै सर्वहारा जनवादको सार भन्ने निर्णयमा पुग्यो । काउत्स्को यसको चर्को विरुद्धमा उत्रिन । सर्वहारा क्रान्ति र गद्यार काउस्की भन्ने आफ्नो प्रसिद्ध कृतिमा लेनिनले काउत्स्कीको दक्षिणपन्थी अवसरवादको सान्दार ढंगले भण्डाफोर गर्नुभयो । २१ जनवरी १९२४ मा लेनिनको मृत्यु भएपछि कमिन्टर्नको नेतृत्व स्टालिनले गर्नुभयो ।

महान अक्टोवर क्रान्ति सम्पन्न गरेर भर्खरै पहिलो समाजवादी सत्ताको अभ्यास गरिरहेको कम्युनिष्ट रुसलाई सन् १९३९ मा शुरु भएको दोस्रो विश्वयुद्धको फासिवादी हमलाबाट बचाउन स्टालिनले अमेरिका र बेलायतसंग संयुक्त मोर्चा गर्ने नीति लिनु भयो । अमेरिका र बेलायतको संयुक्र मोर्चा निर्माण गर्नका लागि कमिन्टर्न विघटन गर्नु पर्ने र साम्राज्य विस्तार गर्न लागेको फासिवादी विरुद्ध लड्ने प्रत्येक देशका सरकारलाई कम्युनिष्टहरुले सघाउनु पर्ने सर्तमा रुस,अमेरिका र वेलायतको फासिवाद विरोध मोर्चा खडा भयो । यहि सर्तको आधारमा सन् १९४३ मा कोमिन्टर्नको विघटन गरियो । छ बर्ष सम्मको लामो लडाईमा फासिवादी परास्त भयो । यसरी स्टालिनले रुसी समाजवादी सत्ताको रक्ष गर्नु भयो । यसै क्रममा पूर्वी युरोप लगायतका थुप्रै देशहरुमा समाजवाद विजयी भयो । फासीवादी विरोधी मोर्चा गठनमा गरिएका उपरोक्त सर्तहरु र त्यसै आधारमा स्टालिनले निर्देशन गर्नु गलत थियो भनि कतिपय कम्युनिष्ट पार्टीहरुले विरोध गर्दै आएका छन । यस लडाईमा स्टालिन अन्तर्राष्ट्रवादी बनेको र सर्वहारा अन्तर्राष्ट्रियतावादी मान्यताबाट चिप्लिएको भन्ने उनीहरुले धारणा बनाएका छन् ।

कतिपय कम्युनिष्ट पार्टीको आन्तरिक विषयमा दिएको ठाडो निर्देशनले कमिन्टर्न आलोचित हुन पुगेको छ । कमिन्टर्नको विघटन पछि एउटा प्रश्नमा माओले भन्नु भएको छ, ¨ कम्युनिष्ट अन्तर्राष्ट्रिय नामले परिचित क्रान्तिकारी संगठन अबको संघर्षको आवश्यकता अनुरुप छैन । बरु यसको विपरित, यस प्रकारको संगठनात्मक स्वरुपलाई कायम राख्ने हो भने यसले हरेक देशका क्रान्तिकारी संघर्षको विकासलाई अवरोध गर्ने छ । युरोपका ९ वटा कम्युनिष्ट पार्टीका नेता खुश्चोभ नेतृत्वमा आएपछि यसको पनि विघटन भयो ।
लेखक:– नेकपा(क्रान्तिकारी माओवादी) पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कंडेल हुनुहुन्छ ।

You might also like
Loading...