बर्दियामा क्रान्तिकारी ध्रुवीकरण तीव्र: गेरुवा ४ मा वडा कमिटी गठन

0 306

बर्दिया । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) को आह्वानमा क्रान्तिकारी ध्रुवीकरण अभियान निरन्तर चलिरहेको छ । पछिल्लो चरणमा अहिलेको यो व्यवस्था र विभिन्न पार्टीबाट असन्तुष्ट भएका देशभक्त तथा क्रान्तिकारीहरु नेपाल कम्युनिस्ट पार्टी( क्रान्तिकारी माओवादी)मा प्रवेश गर्ने क्रम जारी रहेको छ ।

यसै अन्तर्गत हिजो नेकपा (क्रान्तिकारी माओवादी ) बर्दिया जिल्ला समिति द्वारा संचालित धुर्बिकरण तथा पुनर्मिलन कार्यक्रम गेरुवा गाउँपालिका वडा नम्बर ४ देखि संचालित भएको छ ।

उक्त कार्यक्रममा नेकपा बिप्लवबाट बिद्रोह गरि दर्जनौं नेता-कार्यकर्ता नेकपा (क्रान्तिकारी माओवादी)मा धुर्बिकरण भएका छन् ।

धुर्बिकरण पश्चात् एउटा समिति निर्माण गरिएको छ । जस्को इन्चार्जमा कमरेड खडक बिक चयन हुनुभयो भने सचिवमा दधिराम बिक चयन हुनुभयो ।

अन्य सदस्यहरुमा कमरेड केसव दर्जी , प्रताप बिक ,भिम बहादुर परियार ,चन्द्र बहादुर परियार ,पदम रोकाया ,नर बहादुर परियार ,सेतिराम बि क ,रिठे कामी ,भक्त बहादुर दर्जी चयन हुनु भयो ।

त्यसैगरी क्रान्तिकारी युवा लिग Ryl को समेत ७ सदस्यीय समिति निर्माण गरिएको छ । जसको अध्यक्षमा हस्त बहादुर बि क ,उपाध्यक्षमा प्रमित बिक ,सचिवमा कमल कडायत रहेका छन् भने ,सदस्यहरुमा बिनोद दर्जी ,टंक परियार ,पुजा बि क ,निरुता परियार निर्बाचित हुनु भएको छ ।

समितिका सचिव कमरेड दधिरामको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा ( क्रान्तिकारी माओवादी ) का केन्द्रिय सल्लाहकार समिति सदस्य कमरेड खडक मल्ल , पार्टीका जिल्ला सचिव बिद्रोही सर्बहारा ,जिल्ला सचिवालय सदस्य कमरेड बिशाल जिल्ला सदस्य कमरेड कुमार ,कमरेड दिपक लगायत शिवराम काफ्लेको उपस्थिति रहेको थियोे ।

You might also like
Loading...