क्रान्तिकारी माओवादी पार्टीको केन्द्रीय समितिबाट कृष्ण गुरुङ निस्कासित

0 373

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीका केन्द्रीय समितिका सदस्य कृष्ण गुरुङ (क. असमान)लाई पार्टीको केन्द्रीय समितिबाट निस्कासित गरेको छ ।

लामो समयसम्म पार्टीको सम्पर्कमा नरहेको, अनुशासनहीन गतिविधिमा संलग्न रहेको, पार्टीभित्र गुटबन्दी गरी अन्य विपक्षी पार्टीमा जान कुरा चलाएको, कार्यालयबाट भेटेर कुरा गर्न खोज्दा भेट गर्न नचाहेको र उहाँ आफैले विपक्षी पार्टीमा जाने बारे छलफल चलाइरहेको कुरा स्वीकार गरेको हुनाले उहाँलाई कारबाही गरिएको हो ।

उहाँलाई पार्टीको केन्द्रीय समिति सदस्यबाट निष्काशन गरिएको पार्टी महासचिव मोहन वैद्य किरणले आज एक प्रेस वक्तव्य जारी गरी सार्वजनिक रुपमा जानकारी गराउनु भएको छ ।

You might also like
Loading...