क्रान्तिकारी माओवादीको सुदूरपश्चिम प्रदेश समितिको बैठक सम्पन्न

0 152

कञ्चनपुर । कञ्चनपुरको कलुवापुरमा नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश कार्यसमितिको सनिबार देखि जारी रहेको बैठक सोमवार सम्पन्न भएको छ । बैठकबाट बैशाख ३० मा हुने भनिएको स्थानिय तहको चुनाव बहिष्कार गर्न निति लिएको छ ।

देशको राष्ट्रिय स्वाधीनता खतरामा परेको बेला देश बचाउन सम्पुर्ण क्रान्तिकारी शक्ति बिदेशी दलाल बिरुद्ध लाग्नु पर्ने बेला भइरहेको समयमा कथित स्थानिय निर्वाचनको नाटक गरेर हुन लागेको बैसाख ३० को कथित निर्वाचन सशक्त बहिष्कार गर्ने र निर्वाचन बहिष्कार गर्न सम्पुर्ण राष्ट्रप्रेमी जनसमुदायमा अपिल गर्ने निर्णय गरिएको नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा चिन्तकले जानकारी दिनुभयो ।

क्रान्तिकारी माओवादी पार्टीले देशमा अहिले भइरहेको महङ्गी ,कालोबजारी राष्ट्रिय स्वाधीनताको रक्षाका लागि संघर्ष गर्ने निति लिएको बताए । बैशाख ३० मा हुने भनिएको कथित निर्वाचन बहिष्कार गर्ने र पार्टी संगठन निर्माणमा सक्रिय रहेने अन्य पार्टीमा भएका क्रान्तिकारीहरु संग धुर्विकरणमा पहल गर्ने निर्णय भएको चिनतकले बताए ।त्यस्तै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पास गरेर दलालहरुले गरेको राष्ट्रघात बिरुद्ध पनि आन्दोलन जारी राख्ने बताए ।

सुदूरपश्चिम प्रदेश कार्यसमितिको बैठकमा नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय स्थायी कमिटि सदस्य तथा प्रवक्ता हरि भक्त कँडेल प्रतिक प्रमुख अतिथि रहेका थिए । सुदूरपश्चिम प्रदेश कार्यसमितिको बैठकमा अतिथि क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डायमन्ड अतिथि क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य बिक्रान्त केन्द्रिय सदस्य लाल किरण केन्द्रिय सदस्य रुद्र कँडेल केन्द्रिय सल्लाहाकार रहेका थिए । त्यस्तै बैठकमा सुदूरश्चिम प्रदेश कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । प्रदेशको बैठक सञ्चालन प्रदेश सेक्रेटरी राम बहादुर महराले गरेका थिए ।

You might also like
Loading...