समाजसेवी रावलद्वारा उच्च शिक्षा अध्ययनकाे लागि पुर्ण छात्रवृत्ति तथा अभिभावकत्व ग्रहण

0 605

बर्दिया । जेहेन्दार भएर पनि आर्थिक अभावमा शिक्षाकाे उज्यालाे घामबाट काेहिपनि बन्चित नहुन भन्ने उदेश्यले समाजसेवी विनय रावलले छात्र/छात्राहरूलाई उच्च शिक्षा अध्ययनकाे लागि आवश्यक रकम पुर्ण छात्रवृत्ति प्रदान गरी सहयोग गर्नुभएको छ ।

ठाकुरबाबा नगरपालिकाका तिन जनालाई उच्च शिक्षा अध्ययनका लागि करिव ४ बर्षे अध्ययनकाे क्रममा लाग्ने शुल्क छात्र वृत्ति करिव १०/१२लाख जिम्मा लिई अभिभावकत्व समेत ग्रहण गरि आजै रू.७०,०००/-( सत्तरि) हजार LIBERTY COLIGE लाई प्रदान गर्नु भएकाे छ । साथै GLOBAL COLLEGE OF MANAGEMENT लाई पनि यस पुर्व नै रकम प्रदान गरिएको उहाँले बताउनुभएको छ ।

त्यसैगरी उक्त छात्रवृत्ति जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.१ बस्ने चक्र बहादुर दुब्राकाेटिका छाेरा GLOBAL COLLEGE OF MANAGEMENT बानेश्वरमा BBA पढ्ने अभिषेख डिसि, ठाकुरबाबा नगरपालिका वडा नं.४ बस्ने ईन्द्र बहादुर साउदका छाेरा +2 मा GLOBAL COLLEGE OF MANAGEMENT मा अध्यनरत अंकित साउद र ठाकुरबाबा नगरपालिका वडा नं.४ बस्ने हस्तराज गिरीकाे छाेरी LIBERTY COLlEGE अनामनगरमा BBA पढ्ने उर्मिला गिरी लाई प्रदान गरिएको हो ।

You might also like
Loading...