बर्दियामा अखिल (क्रान्तिकारी)द्वारा प्रशिक्षण तथा भेला कार्यक्रम सम्पन्न

प्रतिक्रियावादी निर्वाचन बहिष्कार अभियान तीव्र हुँदै

0 239

बर्दिया । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) बर्दिया जिल्ला समितिले प्रशिक्षण तथा भेला कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त प्रशिक्षण तथा भेला कार्यक्रम जिल्लाको बाँसगढी नगरपालिका अन्तर्गत बाँसगढी बहुमुखी क्याम्पसमा आज सम्पन्न भएको हो ।

संगठनले उक्त भेला तथा प्रशिक्षण कार्यक्रम पश्चात लक्ष्मी बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । जसमा उपाध्यक्ष -सलमान थारु , सचिव – दिपा केसी , सह सचिव -गिता डिसी , काेषाध्याक्ष- श्याम थारु, सृष्टि भण्डारी , सुलोचना ढकाल, कर्णबहादुर खत्री , राजन कार्की , सुरुची पौडेल , भावना भट्टराई , रचना भट्टराई , तिला खत्री , स्वस्तिका जैसी र मनिषा याेगी रहनु भएको छ ।

राष्ट्रघाती तथा जनघातीहरुको प्रतिक्रियावादी निर्वाचन बहिष्कार अभियानमा समावेश हुनको निमित्त पार्टी तथा विद्यार्थी नेताहरुले विशेष अपिल गर्नु भएको कुरा उक्त विद्यार्थी संगठनका एक स्थानीय नेताले जनपथ खबरलाई जानकारी गराउनु भयो ।

You might also like
Loading...