बर्दियामा प्रतिक्रियावादी निर्वाचन बहिष्कार अभियान तीव्र पार्दै अखिल (क्रान्तिकारी)

0 312

बर्दिया । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) बर्दिया जिल्ला समितिले प्रशिक्षण तथा भेला कार्यक्रम गर्दै संगठन विस्तार अभियान तीव्र बनाएको छ ।

त्यसैक्रममा आज बारबर्दिया अन्तर्गत धर्मभक्त माद्यामिक विद्यालयका कक्षा १२ मा अध्यानरत विद्यार्थीहरुको भेला गरि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

संगठनले उक्त भेला तथा प्रशिक्षण कार्यक्रम पश्चात मनिषा भण्डारीको अध्यक्षतामा २५ सदस्यीय इकाई कमिटी निर्माण गरेको छ ।

राष्ट्रघाती तथा जनघातीहरुको प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार अभियानलाई सार्थक तुल्याउन र जनवादी तथा वैज्ञानिक शिक्षा प्रणाली स्थापना गर्न क्रान्तिकारीले संगठन निर्माणको अभियानलाई तीब्र बनाएको कुरा अखिल (क्रान्तिकारी) का स्थानीय नेताले जनपथ खबरलाई जानकारी दिनु भयो ।

You might also like
Loading...