बर्दियामा ३३ अौँ जन आन्दोलन दिवस बिराेध जुलुस र बाँजागाजा सहित भव्य रुपमा मनाइयो

0 357

बर्दिया । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाले ३३ अौँ जन आन्दोलन दिवस बिराेध जुलुस र बाँजागाजा सहित भव्य रुपमा मनाएको छ ।

उक्त जनआन्दोलन दिवस कथित स्थानीय तहको निर्वाचन बहिस्कार आन्दोलनको रुपमा आज बाँसगढी नगरपालिका अन्तरगत बाँसगढी बजारमा मनाइएको हो ।

पार्टीका पिवीएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आसन्न स्थानीय निर्वाचन बहिष्कारको विकल्प नरहेको बताउनु भयो । साथै राष्ट्रिय जनआन्दोलनको महत्त्व र अौचित्य पुष्टि गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा जुट्नु पर्ने वेला आएको उहाँले बताउनु भयो ।

उक्त कार्यक्रमको संचालन बर्दिया जिल्लाका पार्टी सचिव सर्वहारा विद्रोहीले गर्नु भएको थियो ।

You might also like
Loading...