बर्दियामा पार्टी पुनर्मिलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0 327

बर्दिया । आज नेकपा ( क्रान्तिकारी माओवादी) जिल्ला समिति बर्दियाले जुलुस प्रदर्शन र कोणसभा सम्पन्न गरे लगत्तै एउटा हलमा पार्टी पुनर्मिलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् । पुनर्मिलन कार्यक्रममा नेकपा नेता तथा नेकपा (माओवादी) पूर्व राज्य समिति सदस्य एवं जनमुक्ति सेनाका कम्पनी कमान्डर कमरेड हिरा सिंह नेपाली , नेता एवं पत्रकार टेकबहादुर परियार र नेकपा (एमाले) का नेता सुरेश आचार्य एकतावद्व हुनु भएको छ । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेता न्यौपानेले खादा ओढाएर स्वागत गर्दै पार्टीमा प्रवेश गराउनु भएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता बर्दिया जिल्ला सचिव कमरेड सर्वहारा विद्रोहीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पार्टीका पिवीएम एवं लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपाने हुनुहुन्थ्यो भने अतिथिहरु क्रमश पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज कमरेड बिपीन रोकाय र जिल्ला सल्लाहकार समिती संयोजक कमरेड विप्लव लगायत कमरेडहरु हुनुहुन्थ्यो ।

You might also like
Loading...