राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित

0 295

बर्दिया । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । बिहीवार बसेकाे मन्त्रिपरिषद्‍को बैठकले निर्णय गरेर उहाँलाई निलम्बित गरेको हो ।

देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा उहाँलाई निलम्बन गरिएको स्रोतले बताएको छ।

साथै सरकारले अधिकारीमाथि लागेका आराेप बारे छानबिन गर्न समिति गठन गरेकाे थियाे ।

You might also like
Loading...