समाजसेवी रावलद्वारा बिद्युत सर्किट पड्कि घाइते भएका चौधरीलाई आर्थिक सहयोग

0 639

बर्दिया । समाजसेवी विनय रावलले १३२०० के.भि.लाईन बिद्युत सर्किट पड्कि दुर्घटना भई घाइते भएका एक जनालाई उपचार गर्न आर्थिक सहयोग गर्नुभएको छ ।

आज रावलले काठमाडौ स्थित किर्तिपुर अस्पतालमा गई बिरामीलाई भेटेर फलफूल र नगद रु २०,०००/- सहयोग गर्नुभएको छ ।

ठाकुरबाबा नगरपालिका वार्ड नं.२ बलाति गाउँ बस्ने भगराम चाैधरीकाे छाेरा बर्ष ३८ काे पुर्णराम चाैधरीलाई आर्थिक सहयोग गर्नुभएको हो ।

केही समय पहिले दिनकाे समयमा घरमा काम गर्दा गर्दै अचानक १३२०० के.भि.लाईन बिद्युत सर्किट पड्कि उक्त दुर्घटना भएको थियो । सो घटनाबाट चौधरीको शरिरकाे तल्लाे भाग पुर्ण रूपमा जलेको छ । हाल उहाँको किर्तिपुर अस्पताल बेड नं.३४० मा उपचार भइरहेको छ ।

साथै, उक्त घटना पश्चात् उपचार गराउने क्रममा आर्थिक अवस्था अत्यन्तै कम्जाेर भएकाे हुँदा निजकाे स्वास्थ्य उपचार सहजताका लागि विनय रावलले रू.२०,०००/-(बीस हजार) नगद सहयोग गर्नु भएकाे छ ।

You might also like
Loading...