चुनाव बहिष्कार गर्ने शक्तिसंग सरकार त्रसित: बर्दियाबाट क्रान्तिकारी माओवादीका नेता गिरफ्तार

0 709

बर्दिया । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आउँदो वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन वहिष्कार गर्ने भएको छ ।

फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार पार्टीको लुम्बिनी प्रदेश समितिले चुनाव बहिष्कार सचेतना अभियान बर्दियाको राजापुरबाट पोस्टर पम्पलेट भित्तेलेखन सहित बहिष्कार अभियान सुरु गरेको छ ।

उक्त अभियान सुरु हुनु अगाडी नै राजापुरबाट आज पार्टीका प्रदेश सचिव भुपेन्द्र न्यौपाने, केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समीर के सि,बर्दिया इन्चार्ज बिपिन रोकाया, विद्यार्थी केन्द्रीय सदस्य मनोज थापा, देजमो प्रदेश सल्लाहकार भक्तराम काफ्ले लगायत दर्जनौं नेता-कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको छ ।

क्रान्तिकारी युवालिग,नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिल बहादुर कठायतले उक्त कुरा जनपथ खबरलाई जानकारी दिनुभएको हो । सरकारको उक्त कदम प्रति चौतर्फी घोर बिरोध र भर्सनाका साथै तत्काल रिहाइ गर्न माग भइरहेको छ ।

You might also like
Loading...