राज्यको फासीवादी कदमको कडा प्रतिरोध: लुम्बिनीमा चुनाव बहिष्कार अभियान तीव्र

0 366

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)ले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा कथित स्थानीय निर्वाचन बहिष्कार अभियान तीब्र रूपमा अगाडि बढाई रहेको छ । पछिल्लो समय चुनाव नजिकिदै गर्दा सो पार्टीले राज्यको धरकपड, दमन र फासीवादी कदमको कडा प्रतिरोध गर्दै निर्वाचन बहिष्कार आन्दोलन सानदार रुपमा अगाडि बढाई रहेको छ ।

निर्वाचन बहिष्कार अभियानको क्रममा शुक्रबार बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ९ थुमनीमा विरोध सभा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)पार्टीका पिवीएम एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेले सम्बोधन गर्नु भएको थियो । सम्बोधनको क्रममा नेता न्यौपानेले प्रतिक्रियावादी निर्वाचन सशक्त बहिष्कार गर्दै जनवादी क्रान्तिको तयारीमा अगाडि बढ्नुपर्ने धारणा राख्नु भयो ।साथै, जनताको विद्रोह फासीवादी सरकारको दमनबाट नराेकिने ठाेकुवा गर्नु भयो ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य समीर केसीले पनि मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमको संचालन पार्टीका केन्द्रीय सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज बिपीनले गर्नु भएको थियो ।

साथै, स्थानीय निर्वाचन बहिष्कारको अभियान संचालन गर्दै आएका नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्तालाई प्रहरीले दमन गर्दै आइरहेको छ ।

बर्दिया जिल्लामा सो पार्टीले शान्तिपूर्ण चुनाव बहिष्कारको आब्हान गर्दै गर्दा विभिन्न कार्यक्रम स्थलबाट नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गर्ने गरेको छ । सो पक्राउका बाबजुद समेत ठाकुरबाबा , मधुवन लगायत विभिन्न पालिकाहरुमा चुनाव बहिष्कार सभा सानदार रुपमा सम्पन्न गरिरहेको उक्त पार्टीका नेताले जनपथ खबरलाई जानकारी दिनुभएको छ ।

You might also like
Loading...