कर्णाली प्रदेशमा चुनाव बहिस्कार अभियान तीव्र: मार्चपास,नारा-जुलुस र र्यालीसहित आमसभा

0 299

रुकुम । नेकपा(क्रान्तिकारी माओवादी ) कर्णाली प्रदेशले चुनाव बहिस्कार अभियानलाई तीव्रता दिएको छ । प्रदेशका विभिन्न ठाउँमा मार्चपास,नारा-जुलुस र र्यालीसहित आमसभा गरि चुनाव बहिष्कार अभियानलाई तीव्रता दिएको हो ।

त्यसैक्रममा जाजरकोट जिल्ला सकेर रुकुमको राडी बजारमा पुगि शुक्रबार बिहान ९ बजे बजारको नेत्र चोकमा आमसभा गरेको थियोे । सो सभाको संचालन हिक्मतले गर्नुभएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै जाजरकोट जिल्लाका सेक्रेटरी तथा अखिल नेपाल आदिवासी जनजाति महासङ्घका कर्णाली प्रदेश संयोजक राम बहादुर बुढा”राजन”ले इतिहासका निर्माता जनताले यी देश बेचुवाहरुलाई देश बेच्ने लाईसेन्स रिनु गर्ने यो प्रतिक्रियावादी चुनाव बहिष्कार गर्दै हामी क्रान्तिकारीहरुलाई सहयोग गर्ने कुरा निश्चित रहेको बताए ।

त्यसैक्रममा पार्टीका केन्द्रीय सदस्य तथा देजमोका कर्णाली प्रदेश संयोजक अर्जुनले इतिहासको गम्भीर समिक्षा गरि यी दलाल तथा भ्रष्ट राजनीतिकर्मीहरुका विरुद्ध निर्मोम निर्णय गर्नुपर्ने वेला आएको कुरा ठोस गरेका हुन ।

त्यसैगरी पार्टीका कर्णाली प्रदेश सेक्रेटरी दिपक बहादुर शाहीले यो लोकतान्त्रिक गणतन्त्रका वास्तविक आधिकारहरु जनताले अझैसम्म पनि प्राप्त गर्न नसकेको र यसका लागि अविरल बिद्रोह र क्रान्तिमा लाम्बद्ध हुन अपिल गरेका हुन ।

You might also like
Loading...