निर्वाचन बहिष्कारको शान्तिपूर्ण कार्यक्रममा प्रहरी दमन: क्रान्तिकारी माओवादीका नेता गिरफ्तार

0 535

नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीको स्थानीय निर्वाचन बहिष्कारको क्रममा पार्टी स्थायी समिति सदस्य राम सि श्रीस सहित १० जनालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको छ ।

सुनवल चोकमा कोण सभामा बोल्दा बोल्दै पार्टी पिबिएम धनेश्वर पोख्रेल ; क्रान्तिकारी पत्रकार महासङ्घ महासचिव रवि पान्डेय पार्टीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल जिल्ला सदस्यहरु कमल तमु ; रवि पुन ; गुणनिधि पोख्रेल; मोहनलाल शर्मा सुनवल नगर सदस्य ऋषिराम बिक र नेवा मुक्ती मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर रहनु भएको छ ।

म पत्रकार हु यो कार्यक्रमको समचार संकलन गर्न आएको भन्दा भन्दै प्रहरी निरीक्षक बिस्नु प्रसाद पौडेलले गाडिमा हिड्नुस भनेर लगेको गिरफ्तार पत्रकार पान्डेयले जानकारी दिनुभयो ।

You might also like
Loading...