सल्यानमा क्रान्तिकारी माओवादीले पार्यो चुनाव बहिष्कारका गतिविधि तीव्र

0 190

सल्यान । नेकपा ( क्रान्तिकारी माओवादी ) ले सल्यान जिल्लाका खलंगा बजार र सल्लिबजारमा निर्वाचन बहिष्कारको अभियान सम्पन्न गरेको छ।

उक्त कोणसभाको संचालन कमरेड निराजनले गर्नुभएको थियो भने मन्तव्य पार्टी केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपालका कर्णाली प्रदेश संयोजक तेज बिक्रम शाही र पार्टी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सचिवले प्रतिक्रियावादी स्थानीय निर्वाचनको बहिष्कार गरौं! नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौं ! भन्ने मुल उदघोषका साथ यी राष्ट्रघाती र जनघातीलाई भोट नहाल्न जनतालाई अपिल गर्नु भएको थियो ।

साथै, उहाँले भिषण संघर्षको जटिल बाटोबाट मात्र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुने र तबमात्र वैज्ञानिक समाजवादमा मुलुक प्रवेश हुन्छ त्यसको लागि सम्पूर्ण उत्पिडित उपेक्षित वर्ग समुदायलाई क्रान्तिमा लामबद्ध हुन र कथित स्थानीय निर्वाचनको बहिष्कार गर्न अनुरोध गर्नु भएको थियो ।

You might also like
Loading...