स्थानीय निर्वाचन बहिष्कार अभियान सशक्त पार्दै: क्रान्तिकारी माओवादी

0 250

प्यूठान । आज नेकपा(क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा प्यूठान जिल्ला सरुमारानीको दर्भान चोकमा कोण सभा सम्पन्न भएको छ ।

कथित स्थानीय निर्वाचन बहिष्कार कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य एवं प्यूठान तथा रोल्पा जिल्ला इन्चार्ज टिकाराम पाैडेलले सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन लुम्बिनी प्रदेश सदस्य कृष्ण रानाले गर्नु भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को गत फाल्गुनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने कथित स्थानीय निर्वाचनको सशक्त बहिष्कार गर्ने निर्णय लिएको थियो ।

You might also like
Loading...