सुर्खेतमा १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयो

0 339

सुर्खेत । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतामा १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रमका साथ नेकपा ( क्रान्तिकारी माओवादी )को भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंग प्रदेश समितिको आयोजनामा सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादीं) केन्द्रीय सदस्य तथा महासंघका प्रदेश संयोजक पुर्ण पौडेल र प्रमुख अतिथि केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सचिव दिपकबहादुर शाही तथा अतिथिहरु श्याम कार्कि, ललित सुनार, विकल्प कमरे, हिमाल विक , चन्द्र विक्रम शाही, धन ब हमाल, गोरख शाहीलगायत नेताहरुको आतिथ्यतामा भएको थियो ।

प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सचिव दिपकबहादुर शाहीले आफ्नो मन्तव्य राख्दै भन्नु भयो—“सन् १८८६मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो ।

सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि त्यही निहुमा व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततस् सफलतासमेत हासिल गर्यो ।”

मन्तव्यको क्रममा उहाँले भन्नु भयो—“सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु भएको थियो ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने र मजदुरहरुका अधिकार स्थापित गर्ने उद्देश्यले यो दिवस संसार भरि मनाउँछन । नेपालमा हाम्रो सङ्गठनले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गर्दछ । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको कुरा चर्चा गर्नु भएको थियो । ”

You might also like
Loading...