प्यूठानमा क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कार अभियान सशक्त बनायो

0 225

प्यूठान । नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशको आयोजनामा प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार कार्यक्रम सम्पन्न भएको छ । प्यूठान जिल्लाको झिमरुक ढाँड बजारमा उक्त निर्वाचन बहिष्कार अभियान कार्यक्रमको कोण सभा आइतबार सम्पन्न भएको हो ।

त्यस बहिष्कार कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा , लुम्बिनी प्रदेश समितिका अध्यक्ष टिकाराम पौडेलले सम्बोधन गर्नु भएको थियो । सम्बोधनको क्रममा नेता पौडेलले कथित स्थानीय तहको निर्वाचन देश र जनताको पक्षमा नहुने भएकोले सशक्त बहिष्कार गर्नु पर्ने धारणा राख्नु भयो । उक्त कार्यक्रमको संचालन मनोज थापाले गर्नु भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को गत फाल्गुनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने कथित स्थानीय निर्वाचनको सशक्त बहिष्कार गर्ने निर्णय लिएको थियो ।

You might also like
Loading...