प्यूठानमा निर्वाचन बहिष्कारको व्यापक चहलपहल : विरोध सभा,पर्चा वितरण कार्य जारी

0 282

प्यूठान । हिजो नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशको आयोजनामा संचालित प्रतिक्रियावादी निर्वाचन बहिष्कार अभियान अन्तर्गत प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिकाको भिंग्रीमा कोण सभा सम्पन्न भएको छ ।

उक्त कोण सभामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवं प्यूठान र रोल्पा जिल्ला इन्चार्ज टिकाराम पौडेल सम्बोधन गर्नु भएको थियो । साथै , संचालन कृष्ण रानाले गर्नु भएको थियो ।

त्यसैगरी उक्त प्रतिक्रियावादी निर्वाचन बहिष्कार अभियान अन्तर्गत प्यूठान जिल्लाको झिमरुकको ढाँड , मच्छी , गौमुखी गाउँपालिकाकाे ठुलावेशी , प्यूठान नगरपालिकाको मरनठाना , जुम्री , क्वाडी , बिजुवार , र माण्डवी गाउँपालिकाकाे चकचकेमा पनि कोण सभाहरु सम्पन्न भएको कुरा एक नेताले जनपथ खबरलाई जानकारी गराउनु भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को गत फाल्गुनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने कथित स्थानीय निर्वाचनको सशक्त बहिष्कार गर्ने निर्णय लिएको थियो ।

You might also like
Loading...