गाउँदेखि शहरसम्म निर्वाचन बहिष्कार अभियान तीव्र: नारा-जुलुससहित र्याली प्रदर्शन

0 282

प्यूठान । नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशको आयोजनामा संचालित प्रतिक्रियावादी निर्वाचन बहिष्कार अभियान अन्तर्गत प्यूठान जिल्लाको मल्लारानी गाउँपालिका खलङ्गामा कोण सभा सम्पन्न भएको छ ।

उक्त कोण सभामा नेकपा (क्रान्तिकारी माओवादी) का पिवीएम धनेश्वर पोख्रेलले सम्बोधन गर्नु भएको थियो । उहाँले सम्बोधनको क्रममा राज्य संचालनका तीनवटै अंग असफल भएको स्थितिमा कथित स्थानीय निर्वाचनको औचित्य नरहेकोले नयाँ विकल्प संघीय जनगणतन्त्र स्थापनाको निमित्त संघर्ष गर्नुपर्ने धारणा राख्नु भयो । कार्यक्रमको संचालन जिल्ला पार्टी सचिव गोपालले गर्नु भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को गत फाल्गुनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने कथित स्थानीय निर्वाचनको सशक्त बहिष्कार गर्ने निर्णय लिएको थियो ।

You might also like
Loading...