लुम्बिनी प्रदेशमा निर्वाचन बहिष्कार अभियान तीव्र पार्दै: क्रान्तिकारी माओवादी

0 330

प्यूठान । नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशले आयोजना गरेको प्रतिक्रियावादी स्थानीय तह निर्वाचन बहिष्कार अभियान अन्तर्गत प्यूठान जिल्लाका विभिन्न स्थानमा कोण सभा सम्पन्न भएका छ्न ।

हिजो प्यूठान जिल्लाका सोह्र स्थानमा कोण सभा सम्पन्न भएको समाचार प्राप्त भएको छ । विभिन्न स्थानमा केन्द्रीय तथा स्थानीय नेताहरुले कोण सभालाई सम्बोधन गर्नु भएको थियो ।

प्यूठान नगरपालिकाको बाग्दुलामा कोण सभा सम्पन्न भएको छ । उक्त कोण सभामा नेकापा (क्रान्तिकारी माओवादी) का पिवीएम एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपाने र केन्द्रीय सल्लाहकार समिति सदस्य दीपक केसीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको संचालन लुम्बिनी प्रदेश समितिका सदस्य कृष्ण रानाले गर्नु भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को गत फाल्गुनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने कथित स्थानीय निर्वाचनको सशक्त बहिष्कार गर्ने निर्णय लिएको थियो ।

You might also like
Loading...