कैलालीमा सवारी दुर्घटना: दुई जना घाइते

0 366

कैलाली । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलाली जिल्लाको लम्किचुवा नगरपालिका स्थित बलिया देखि भल्काबीचमा मोटरसाइकल दुर्घटना भएको छ ।

बिहीबार वेलुकातीर सु.प. प्रदेश ०१-००८ प ९२०० र से ६ प ३१७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।
त्यस सवारी दुर्घटनामा परी घाइते हुनेमा अन्दाजी २८ बर्षका महेन्द्र बजगाई र अन्दाजी बर्ष १९ का नवीन चौधरी रहेको इलाका प्रहरी कार्यालय लम्किले जनाएको छ ।

सो घटनामा घाइते भएकाको अवस्था गम्भीर भएकोले थप उपचारको लागि लालरत्नबाट कोहलपुर रिफर गरिएको प्रहरीले जनपथ खबरलाई टेलिफोन संवादमा बताएको छ ।

You might also like
Loading...