निर्वाचन अपडेटः देशभरको अवस्था तनावग्रस्त, झडप,विवाद,गोली तथा ढुङ्गामुढा प्रहार हुँदै

0 422

शुक्रबार बिहानदेखि जारी कथित स्थानीय तह निर्वाचनका क्रममा देशभरका विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा अवस्था तनावग्रस्त रहेको पाइएको छ । अधिकांश ठाउँमा मतदान गर्ने क्रममा दुई पक्षबीच झडप भई केही स्थानको मतदान प्रक्रिर्या स्थगित भएको छ ।

त्यसैगरी सर्लाही,बारा,रामेछाप,हुम्ला,दोलखा,ओखलढुङ्गा,मोरङ,काभ्रे र बाजुरा लगायतका ठाउँहरुमा तनाव सृजना भएको हो । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच झडप,विवाद,गोली तथा ढुङ्गामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाईफायर गरेको छ ।

राज्यसत्ता र संसदीय व्यवस्था अन्तर्गतका संसदीय पार्टीहरु र तीनका संसदीय दलाल नेताहरुद्वारा पुरानो सत्ता र व्यवस्थाको संरक्षण र नवीकरण गर्नको निमित्त कथित स्थानीय निर्वाचनको भ्रम जाल विछ्याइएको कुरा आज देशभर भईरहेका गतिविधिले पुष्टि गरेको छ । यो पुरानो सडेगलेको र सर्वनाशको मुखमा पुगेको संरचनालाई जबर्जस्त रुपमा यथास्थितिमा राख्ने र नयाँको विकास तथा विकल्पको सम्भावनालाई रोक्ने वा निषेध गर्ने षड्यन्त्र भएको कुरा समेत माथि उल्लेखित घटनाहरुले प्रमाणित गर्दछ ।सायद १० जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

You might also like
Loading...