चुनाव प्रति जनताको वितृष्णा: मतदान गर्न न्यून उपस्थित
बर्दिया । आज राज्यसत्ता र संसदीय व्यवस्था अन्तर्गतका संसदीय पार्टीहरु र तीनका संसदीय दलाल नेताहरुद्वारा पुरानो सत्ता र व्यवस्थाको संरक्षण र नवीकरण गर्नको निमित्त कथित स्थानीय निर्वाचनको भ्रम जाल विछ्याइ राज्यबाट घाेषणा गरिएकाे स्थानीय निकायकाे निर्वाचनमा जनताकाे उपस्थित मतदानमा निकै कम देखिएकाे थियाे। यसकाे अभिप्राय हाे जनता याे व्यवस्था प्रति निराश हुनु। अघिल्लो स्थानीय निकायकाे निर्वाचनकाे तुलनामा यसपालिको निर्वाचनमा मतदान गर्नेकाे सङ्ख्या धेरै घटेकाे हाे। निर्वाचन काे प्रतिकारमा जनताले ठाउँ ठाउँमा विराेध जुलुस निकालेका थिए ।नवलपरासी ,दाङ्ग ,कपिलवस्तु ,बर्दिया लगाएत जिल्लामा विष्फोट भएका थिए ।जति राज्यले निर्वाचन सफल भएकाे ठानेपनि प्रतिशतका हिसाबले पूर्णरूपमा असफल भएकाे छ।