मूल्यवृद्धि र महिलामाथिको यौन हिंसाको विरुद्ध बिरोध प्रदर्शन

0 356

रुपन्देही । नेकपा (क्रान्तिकारी माओवादी) लगायत अन्य राजनीतिक दलहरूको संयुक्त विरोध सभा हिजो बुटवलको बस पार्कमा सम्पन्न भएको छ ।

उक्त सभामा (क्रान्तिकारी माअोवादी)का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले चुनाव सकिएपछि सरकारले दुई पटक पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताएका छन् ।

चुनाव सकेको भोलिपल्ट बैशाख ३१ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको प्रतिलिटर रु १० का दरले मूल्यवृद्धि गरी जनताको ढाड सेकाएको विरोधको स्वर मत्थर हुन नपाउँदै जेठ ९ गते पुनः पेट्रोलियम पदार्थको प्रतिलिटर रु १० का दरले र ग्यासको प्रतिसिलिण्डर २ सयका दरले मूल्य वृद्धि गरिएको छ । यसले ढुवानीको भाडा बढाउने र सबै उपभोग्य सामाग्री तथा बस्तुमा महंगी ह्वत्तै बढाएर जनताको ढाड सेक्ने काम गर्दछ । बर्ष दिनमा प्रतिक्रियावादी संसदीय सरकारले पेट्रोलियम पदार्थमा झण्डै दोब्बर भाउ बढाएर जनताको हुर्मत लिने काम गरेको छ ।

साथै सुवेदीले आफ्नो पार्टीले राष्ट्रियता, महंगी लगायतका विषयमा संघर्ष गर्दै आएको बताउँदै हालै बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए संघर्ष चर्काउने चेतावनी दिनुभयो । उहाँले मूल्यवृद्धि र महिलामाथि भइरहेका यौन हिंसाको विरुद्ध आफ्नो पार्टी संघर्षमा उत्रिएको बताउनु भयो । अन्य दलका नेताहरुले पनि मन्तव्य राख्नु भएको थियो । उक्त क्रार्यक्रमको संन्चालन भगवती नेपालीले गर्नु भएको थियो ।

You might also like
Loading...