पेट्रोलियम पदार्थम गरिएको मूल्य वृद्धि,कालाबजारीका विरुद्ध बिरोध प्रदर्शन

0 321

दाङ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र राजमो (समन्वय समिति) ले संयुक्त रुपमा पेट्रोलियम पदार्थम गरिएको मूल्य वृद्धि, राजनैतिक भ्रष्टचार तथा कालाबजारी र राष्ट्रघाति सम्झौताको विरुद्ध बिरोध प्रदर्शन गरेका छन । सरकारले पेट्रोलमा करिब ६४ रुपैयाँ र डिजेलमा करिब ४५ रुपैयाँ कर लगाएको भन्दै यी कर तत्काल हटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न जोडदार माग गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा गरिएको पटक पटकको वृद्धिले आम जनताको ढाँड भाँचेको भन्दै आज उक्त विरोध कार्यक्रम भएको हो । उक्त कार्यक्रमको संचालन शशिराम बुढाथोकीले गर्नु भएको थियो । सो कार्यक्रमका प्रमुख वक्ता देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष ईश्वरी प्रसाद गैरे रहनु भएको थियो ।

No description available.

You might also like
Loading...