बुटवलमा मूल्यवृद्धि ,भ्रष्टाचार ,कालोबजारी र महिला हिंसा विरुद्ध विरोध जुलुस प्रदर्शन

0 415

बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बुटवल पुष्पलाल चोकमा मूल्यवृद्धि , भ्रष्टाचार , कालोबजारी र महिला हिंसा विरुद्ध विरोध जुलुस प्रदर्शन सहित कोण सभा सम्पन्न भएको छ ।

उक्त कोण सभालाई सम्बोधन नेकपा (क्रान्तिकारी माओवादी) का पिवीएम एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेले सम्बोधन गर्नु भएको थियो । सम्बोधनको क्रममा नेता न्यौपानेले यदि राज्यले महंङ्गी भ्रष्टाचार र महिला हिंसा जस्ता समस्याहरु नियन्त्रण नगरे आफ्नो पार्टीको नेतृत्वमा जनतालाई साथमा लिएर विद्यमान समस्याहरु नियन्त्रण गर्ने चेतावनी दिनु भयो । साथै , पुरानो प्रतिक्रियावादी सत्ता र संसदीय व्यवस्था यथास्थितिमा रहे सम्म यस्ता समस्याहरु समाधान हुन नसक्ने भएकाले अब विकल्प संघीय जनगणतन्त्र नै हो भन्ने ठोकुवा गर्दै आन्दोलन वा नयाँ जनवादी क्रान्तिको बलद्वारा पुरानो सत्ता र व्यवस्थालाई बढार्ने र नयाँ विकल्पमा मुलुकलाई प्रवेश गराउने रणनीतिमा संगठित हुन आम जनसमुदायलाई अपिल समेत गर्नु भयो ।

कार्यक्रममा देजमो का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव कमरेड लक्ष्मी चौलागाईंले महिला हिंसा विरुद्ध शासक आन्दोलनको आवश्यकता रहेको कुरा औल्याउँनु भयो र राष्ट्रिय स्वाधीनताका लागी नागरिक मंचका संयोजक एवं अधिवक्ता पदम कार्कीले सम्पूर्ण नागरिक राष्ट्रघात ,जनघात र राज्य आतंकका विरुद्ध सबै देशभक्तहरु एकतावद्ध हुनुपर्ने कुरा प्रष्टयाउनु भयो । कार्यक्रमको संचालन कमरेड राजु भुजेल ले गर्नु भएको थियो ।

You might also like
Loading...