मधुवन घटनाः क्रान्तिकारी माओवादीद्धारा घोर निन्दा र तीव्र भत्सर्ना

0 335

बर्दियाको मधुवन नपामा हिजो भएको घटना प्रति नेकपा (क्रान्तिकारी माओवादी)ले घोर निन्दा र तीव्र भत्सर्ना गरेको छ । आज पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव सङ्कुलले जारी गरेको एक प्रेस वक्तव्यमा उक्त कुरा जनाइएको छ ।

सो घटनाबाट राज्यले निरंकुश फाँसीवादी अभ्यास गरिरहेको कुरा थप प्रष्ट हुन्छ । किन्तु एकातिर लोकतान्त्रिक प्रचार गर्ने र अर्कोतिर यस्ता घटना घटउने सत्ताशीन शासकहरुका कर्तुतहरु निकै खेदजनक र निन्दनीय र साथै यस प्रकृतिका घटनाहरु बारम्बार दोहोरिनुले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएका छ । मृतकका परिवारजनलाई उचित न्याय र घाइतेहरुको निस्शूल्क उपचार गर्न तथा उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीहरुलाई अविलम्ब कारबाही गर्न समेत जोडदार माग गरिएको छ ।

                                                                         

प्रेस वक्तव्य

जेष्ठ २३ गते विहान ८ बजे बर्दिया जिल्लाको मधुवन नगरपालिका ओराली बजारस्थित सोनहवा गाउँमा ४२ वर्षीया अस्मिता थारु  बाघको आक्रमणबाट गम्भीर घाइते हुनु भएको थियो । उक्त घाइतेको नि:शूल्क उपचार , मानव वन्यजन्तु द्वन्द दीगो समाधान र निकुञ्ज क्षेत्रमा तारबारको व्यवस्थापन गर्नु पर्ने मागहरूलाई लिएर स्थानीयवासीहरुले शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा प्रहरीले अन्धाधुन्ध गोली चलाउदा १८ वर्षीया नविना थारुको मृत्यु भयो भने दर्जनौं मानिसहरु घाइते बनाइएको छ ।

      सर्वप्रथमत: हाम्रो पार्टी मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइते बनाइएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यसप्रकारका घटनाबाट राज्यले निरंकुश फाँसीवादी अभ्यास गरिरहेको कुरा थप प्रष्ट हुन्छ । किन्तु एकातिर लोकतान्त्रिक प्रचार गर्ने र अर्कोतिर यस्ता घटना घटउने सत्ताशीन शासकहरुका कर्तुतहरु निकै खेदजनक र निन्दनीय छन । साथै यस प्रकृतिका घटनाहरु बारम्बार दोहोरिनुले पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी उक्त घटनाको घोर निन्दा र तीव्र भत्सर्ना गर्दै मृतकका परिवारजनलाई उचित न्याय र घाइतेहरुको नि:शूल्क उपचार गर्न तथा उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीहरुलाई  अविलम्ब कारबाही गर्न समेत जोडदार माग गर्दछ ।
                             … … …
                             सङ्कुल
                              सचिव
              नेकपा (क्रान्तिकारी माओवादी )

You might also like
Loading...