मजदूर नेता बञ्जाडेको आमाकाे श्रद्धाञ्जली सभा

0 186

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) लुम्बिनी प्रदेश सदस्य अखिल नेपाल ट्रेड युनियन महासघका केन्द्रीय सदस्य नरेन्द्र बञ्जाडेको ममतामयी आमाको निधन भएके १३औ दिनका दिन उहाँको आफ्नै निबास घोराही उपमहानगरपालिका – ३ बर्गदुवामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

शोकसभामा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघका महासचिव वसन्त बोगटीले मृतक आमाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उहाँले बञ्जाडे परिवारके पार्टी र नेपाली क्रान्तिमा महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज कमरेड समीरले मृतक आमाप्रति भाबपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै समाज रुपान्तरणका लागि निरन्तर सङघर्षमा होमिन आग्रह गर्दै आउँदै गरेको संघीय र प्रदेशको निर्बाचन सशक्त बहिष्कार गर्न आब्हान गर्नुभयो ।

 

कार्यक्रममा नेकपा माओबादी केन्द्र दाङका सचिव बिश्वराज आचार्य जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा दाङजिल्ला अध्यक्ष हेमन्त प्रकाश वली लगाएतका वक्ताहरुले शोक मन्तब्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका लुम्बिनी संयोजक राजु भुजेलले गर्नुभएको थियो भने नरेन्द्र बञ्जाडेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

You might also like
Loading...