बाँकेमा राष्ट्रघाती नागरिकता विधेयक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

0 289

बाँके। नेकपा (क्रान्तिकारी माओवादी) सहितको पाँच दलीय मोर्चाको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) बाँके जिल्लाका इन्चार्ज प्रेमबहादुर थापाको अध्यक्षता र गौरिलाल कार्कीको संचालनमा उक्त कार्यक्रम नेपालगन्जको उद्योग वाणिज्य संघको हलमा आज सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य एवं प्रवक्ता तथा कार्यक्रमका प्रमुख अतिथि हरिभक्त कडेल हुनुहुन्थ्यो । साथै, नेकापा(क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने,नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि शशिधर भण्डारी, नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य लक्ष्मी चौलागाई, बिपीन रोकाया तथा नेकपा(बहुमत) का केन्द्रीय सदस्य कृष्ण शाह, सितल, नेकापा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशका सदस्य विद्रोही सर्वहारा, वाम बुद्धिजीवी द्वय प्रा. डा. जनार्दन आचार्य र नरेन्द्र बहादुर स्वाँरको अतिथ्यता रहेको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य एवं कार्यक्रमका प्रमुख वक्ता हरिभक्तले समसामयिक राजनीतिक परिस्थिति, समय सान्दर्भिक आन्दोलनको , राष्ट्रिय स्वाधीनताको पक्षमा सिङ्गो देशभक्तहरुको एकीकृत आन्दोलनमा विकास गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेले नेपाली नागरिकताबारे साझा अवधारणा पत्रको सार प्रस्तुत गर्नु भएको थियो । साथै, उहाँले नागरिकताको विषय राष्ट्रघातको एउटा शृङ्खला र राष्ट्रिय मुक्ति आन्दोलनसित जोडिएको कुरा बताउनु भयो । उहाँले नागरिकताको विषय अंशमा एउटा पक्ष देखिएता पनि सारमा राष्ट्रिय मुक्ति आन्दोलन विना देश उपनिवेशबाट मुक्त हुन नसक्ने स्थिति भएको बताउँनु भयो । साथै,वक्ताहरु बुद्धिजीवी प्रा. डा. जनार्दन आचार्य र नरेन्द्र स्वाँर लगायत राजनीतिक पार्टीका तर्फबाट नेकपा (मसाल) विषय महाधिवेशन आयोजक समितिका प्रतिनिधि तथा नेकपा (बहुमत) का केन्द्रीय सदस्य कृष्ण शाहले पनि धारणा राख्नु भएको थियोे ।

You might also like
Loading...