क्रान्तिकारी युवा लिगले तस्करीकाे गाडि नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो

0 126
झापा  । झापाको भद्रपुर स्थित देउनिया पुलमा मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट युवा संगठन क्रान्तिकारी  युवा लिग नेपालले तस्करीको सामान बरामद गरेको छ।

आज बिहिवार बिहान ४ बजे भन्सार छली गर्दै कचनकवल बाट भद्रपुर तर्फ प्रदेश १-०१ -००१ च ७७९५ नम्बरको पिकअप गाडीले कपडा तस्करी गररिहेको सुचना पाएका वैद्य नेतृत्वको माओवादी निकट क्रान्तिकारी युवा लिगले गाडीलाई पच्छ्याउँदै देउनिया पुलबाट सामान सहितको पिकअप गाडी नियन्त्रणमा लिएर सशस्त्र प्रहरीलाई बुझाएका थिए।

संगठनका केन्द्रीय सदस्य तथा प्रदेश १ का अध्यक्ष रविन राईको नेतृत्वमा खटिएको टोलीले तस्करीमा संलग्न गाडी सामान सहित नियन्त्रणमा लिएर राजस्व कार्यालय इटहरी र प्रहरीलाई खबर गरेको थियोे ।

नियन्त्रणमा लिइएको तस्करीको सामान सहित चालकलाई प्रहरीको जिम्मा लगाएपनि सशस्त्र प्रहरीले बरामदी मुचुल्का नबनाई सामान भन्सारमा बुझाएको र चालक र तस्करीमा संलग्नलाई भगाएको युवा लिगका प्रदेश अध्यक्ष रविज राईले जानकारी दिए ।

तस्करीको सामान नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि स्थानीय संजिव घोस नेतृत्वको समुहले सामान नियन्त्रणमा लिने युवा लिग नेपालका १ कार्यकर्तालाई बिहान ८ बजे खाजा खान निस्किएको समयमा प्रहरीकै अगाडि कुटपिट गरेको र घाइते बनाएको संगठनले जनाएकाे छ । संगठनका सदस्य राजेन्द्र राई माथि कुटपिट भएको र हाल उनको मेची आँखा अस्पतालमा उपचार भैरहेको बताइएकाे छ ।

गुण्डाकाे समुहले तस्करीको सामान बरामद गरेकै कारण खाजा खान निस्किएको अवस्थामा प्रहरीको अगाडि नै कुटपिट गरि घाइते बनाउँदा समेत प्रहरीले कुटपिटमा संलग्नलाई नियन्त्रणमा नलिएको र प्रहरीले सुरक्षा नदिएको उनको आरोप छ ।

You might also like
Loading...