बारामा बस दुर्घटना:  १६ को मृत्यु 

0 104

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा वडा नम्बर २२ तीन नम्बर पुलनजिक आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृत्यु भएकाहरु मध्ये हालसम्म ९ जनाको भने सनाखत भएको छ ।

हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
दुर्घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडा ल्याइएकोमा १२ जनाको हेटौंडा अस्पतालमा, २ जनाको चुरेहिल अस्पताल, एकजनाको मकवानपुर सहकारी र एकजनाको थप उपचारका लागी चितवन लगिएकोमा भरतपुरमा मृत्यु भएको हो । मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला रहेका छन् ।

मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, खोखलढुंगाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका कँडेल र पर्साको विरगन्ज–१६ का सकेमप्रसाद चौरसिया एसपी गौतमले जानकारी दिए ।

You might also like
Loading...