दाङमा चुनाव बहिष्कार अभियान तीव्र पार्दै: क्रान्तिकारी माअोवादी

0 339

दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तीकारी माओवादी ) द्वारा मङ्सिर ४ गते हुने निर्वाचन बहिष्कार अभियान पार्टीका दाङ जिल्ला इञ्चार्ज समिरले उद्घाटन गरेर स्यालापाखा र बिजौरी पर्सेनी तुलसीपुर बसपार्क, तुलसीपुर बिपि चोक र उरहरीमा बहिष्कार गर्न आग्रह गर्दै सभा सम्पन्न गरेको छ ।

सभामा बोल्ने वक्ताहरुले मङ्सिर ४ गते तोकिएको निर्वाचन जनताको आवश्यकता अनुसार नभएको , जनताको सुरक्षा समृद्धिका पक्षमा नभएकोले राष्ट्र राष्ट्रियता विपरित कार्य गरेको ,जनताको चाहना विपरित mcc परियोजना संसदबाट अनुमोदन गराएर अमेरिकी सेनालाई भित्र्याउने कार्यमा सम्लग्न रहेको , भारत र अमेरिकाको एजेन्ट ( दलाल ) को रुपमा काम गरेकोले सचेत नागरिक लाई चुनाव बहिष्कार गर्न अपिल गरेका थिए ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज समिर केसि ,जिल्ला सचिव गोपाल बैध्ध , सचिवालय सदस्य तिलक बिक , जिल्ला सदस्य मन बहादुर वली, देशभक्त जनगतान्त्रिक मोर्चाका प्रदेश उपाध्यक्ष तथा जिल्ला अध्यक्ष इश्वरी प्रसाद गैरे ,क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय सदस्य दिल बहादुर कठायत लगायतले मन्तब्य राख्नु भएको थियो ।

साथै,उहाँहरुले असफल पुरानो सत्ता र संसदीय व्यवस्थालाई ध्वंस गरी संघीय जनगणतन्त्र स्थापना गर्नु नै आजको सही र वैज्ञानिक विकल्प रहेको पनि ठाेकुवा गर्दै आसन्न मंसिर चार गते हुने भनिएको कथित संसदीय निर्वाचन बहिष्कार गर्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी, सच्चा कम्युनिस्ट तथा आम सचेत नागरिकहरुमा विशेष अपिल समेत गर्नु भएको थियो ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बहिष्कार र्याली, कोणसभा आदि भइरहेको उक्त पार्टीका नेताले जनपथ खबरलाई बताएका छन । धेरै कार्यक्रमहरु शान्तिपूर्ण रुपले अगाडि बढीरहेको समयमा केही जिल्ला सदरमुकामहरुमा भएका कोणसभाहरुमाथि प्रहरीले हस्तक्षेप गरी लोकतन्त्रविरुद्धका कार्यहरु वर्तमान सरकारको प्रशासनले गरेको पार्टीको दावी छ ।

You might also like
Loading...