बुटवलमा प्रहरी दमन,हस्तक्षेप र धरपकडका बाबजुद कोणसभा सम्पन्न

0 271

रुपन्देही । बुटवलमा प्रहरी दमन , हस्तक्षेप र धरपकडका बाबजुद पनि नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशले संचालन गरेको आसन्न मंसिर चार गते हुने भनिएको कथित संसदीय निर्वाचन बहिष्कार अभियान जिल्लाका विभिन्न स्थानहरुमा कोणसभा गरेर सम्पन्न गरेको छ ।

बुटवल उपमहानगरपालिका -१२ नयाँगाउँमा कोणसभा आज सम्पन्न गरेको हो । उक्त कार्यक्रममा सम्बोधन नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले गर्नु भएको थियो ।

सम्बोधनको क्रममा न्यौपानेले असफल पुरानो सत्ता र संसदीय व्यवस्थालाई ध्वंस गरी संघीय जनगणतन्त्र स्थापना गर्नु नै आजको सही र वैज्ञानिक विकल्प रहेको पनि ठाेकुवा गर्दै आसन्न मंसिर चार गते हुने भनिएको कथित संसदीय निर्वाचन बहिष्कार गर्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी, सच्चा कम्युनिस्ट तथा आम सचेत नागरिकहरुमा विशेष अपिल समेत गर्नु भएको थियो ।

त्यसैगरी बुटवल -१७ मोतिपुर , बुटवल १७- रानीगंज , सैना मैना नगरपालिका -३ मृगिया, सैना मैना -६ कलोनी, कञ्चन- १ बेलभरीया गणतन्त्र चोक र कञ्चन-४ गरगरे सम्म कोणसभाहरु सम्पन्न भएका छन ।

पार्टीका पिवीएम भुपेन्द्र न्यौपाने, केस विपीन रोकाया, केन्द्रीय सल्लाहकार सदस्य एवं रुपन्देही परासी इन्चार्ज संकल्प, जिल्ला सचिव विनोद मरासैनी र अन्य जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बहिष्कार र्याली, कोणसभा आदि भइरहेको उक्त पार्टीका नेताले जनपथ खबरलाई बताएका छन । धेरै कार्यक्रमहरु शान्तिपूर्ण रुपले अगाडि बढीरहेको समयमा केही जिल्ला सदरमुकामहरुमा भएका कोणसभाहरुमाथि प्रहरीले हस्तक्षेप गरी लोकतन्त्रविरुद्धका कार्यहरु वर्तमान सरकारको प्रशासनले गरेको पार्टीको दावी छ ।

You might also like
Loading...