दाङमा पहिलो चरणको चुनाव वहिष्कार अभियान भव्य रुपमा सम्पन्न

0 174

दाङ । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समितिले संचालन गरेको पहिलो चरणको दलाल संसदीय चुनाव बहिष्कार अभियान भव्य रुपमा सम्पन्न भएको छ । तुल्सीपुर उपमहानगरपालिकाको १९ नम्बर वडा स्यालापानीबाट कार्तिक १ गते सुरुभएको अभियान हिजो चौथो दिनमा लमही नगरपालिकामा कोण सभा गरेर सम्पन्न भएको हो ।

दाङ जिल्लाका ९ वटा स्थानीय तहका १८ ठाउँमा कोण सभा, जनभेटघाट र घरदैलोका साथै सात हजार बठी प्रचा–पम्पेलेट वितरण गरी उक्त चुनाव बहिष्कार कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समिर केसीको नेतृत्वमा भएको थियो ।

सभालाई सम्बोधन गर्ने वक्ताहरूले मङ्सिर ४ गते तोकिएको निवाएचन जनताको आवश्यकता अनुसार नभएको, जनताको सुरक्षा समृद्धिका पक्षमा नभएको, सांसदहरूले राष्ट्र र राष्ट्रियता विपरित कार्य गरेको, जनताको चाहना विपरित एमसीसी परियोजना संसदबाट अनुमोदन गराएर अमेरिकी सेनालाई भित्¥याउने कार्यमा संलग्न रहेको, भारत र अमेरिकाको एजेन्ट (दलाल)का रुपमा काम गरेकोले यो चुनावमा मतदान गरेर दलाल पार्टी तथा नेताहरूलाई पुनः देश बर्बाद गर्ने लाइसेन्स दिन नहुने धारणा राखेका थिए।

त्यसैगरी विभिन्न गाउँ र सहर बजारहरूमा सञ्चालित नारा– जुलुससहितको कोण सभामा नेताहरुले सम्बोधन गर्ने क्रममा यो व्यवस्थामा हुने चुनावले भ्रस्टचारी, कालाबजारी, शिक्षाका माफिया, राष्ट्रघाती, जनघाती र विदेशी दलालहरुलाई जिताउने भएकाले यस चुनावलाई सबै जनतालाई बहिष्कार गर्न अपील गर्नुभएको थियो ।

You might also like
Loading...