जनपक्षीय पत्रकारिताको धरोहर – टेक मास्कीको निधन

0 315

बुटवल । निडर एंव जुझारु पत्रकार टेक मास्की रानाको निधन भएको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहकार एंव रुपन्देही जिल्ला अध्यक्ष समेत रहनुभएका उहाँ जनपक्षीय पत्रकारिताको धरोहर हुनुहुन्थ्यो ।
स्याङ्गजा स्थायी घर भएका ४८ बर्षीय उहाँको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको थियो । उहाँको खास नाम एक बहादुर मास्की राना हो ।पाल्पा मिसन अस्पतालबाट उहाँलाई बुटवल ल्याएर उपचार भइरहेकोमा डेंगुसंगै मिर्गौला र जण्डिसलगायतको रोग देखिएको थियो ।
क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष नारायण पंगेनीको मास्कीको निधनले जनपक्षीय पत्रकारितामा अपुरणीय क्षति पुगेको प्रतिक्रिया दिनुभएको छ ।
२ दशकभन्दा लामो पत्रकारिता गरेका मास्की नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य हुदै लुम्बिनी प्रदेश समिति सदस्यका रुपमा सक्रिय हुनुहुन्थ्यो । उहाँ रेडियो जागरण बुटवलको समाचार प्रमुख समेत हुनुहुन्थ्यो । केही वर्ष अघि मात्रै जिवनसंगिनी गुमाउनु भएका उहाँ अबिचलित रुपमा पत्रकारितामा लागिरहनु भएको थियो ।
रानाका एक छोरा २ छोरी सहित तीन सन्तान रहनुभएको छ । साथै सरल,सादगी,पेशाप्रति बफादार र लगनशिल रानाको निधनले पत्रकारिता क्षेत्रमा अपूर्णनीय क्षति पुगेको पत्रकार महासंघ रुपन्देहीले बताएको छ । नेपाल पत्रकार महासंघको अगुवाईमा आर्थिक संकलन गर्दै उहाँको उपचारमा सहयोग समेत जुट्दै आएको थियो ।
मास्की बहुआयामिक ब्यक्तित्व समेत हुनुहुन्थ्यो । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) रुपन्देहीका जिल्ला सदस्य उहाँ वर्गीय आन्दोलन संगै जातीय उत्पिडनमा रहेका आदिवासी जनजातिहरुको अधिकारको पक्षमा उत्तिकै क्रियाशिल रहनुहुन्थ्यो । मास्की संग ३२ बर्षको सहयात्रा गर्नुभएका क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीले अब उहाँको इतिहास मात्र हामी माझ रहेको भन्दै गहिरो शोक ब्यक्त गर्नुभएको छ ।
क्रान्तिकारी माओवादी रुपन्देहीका ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री सेक्रेटरी बिनोद मरासिनीलगायतले समेत शोक ब्यक्त गर्दै सिंगो बर्गीय आन्दोलनलाई क्षति पुगेको जनाउनुभएको छ ।
उहाँका पूर्व सहकर्मी दिपन्द्र कुवँरले श्रद्धान्जली ब्यक्त गर्दै मास्की दबाब र प्रभावमा नपर्ने बरु अभाव सहने, भोकै बस्न तयार हुने तर नझुक्ने निष्ठावान पत्रकार रहेको उल्लेख गर्नुभएको छ । भ्रष्ट र बिकाउहरुको जगजगी रहेको यो बेला निष्ठासहित बाँच्न सहज छैन, तर तपाइँले सिकाएर जानुभयो ।– कुवंरले फेसबुकमा शोक ब्यक्त गर्दै लेख्नुभएको छ ।– केही वर्ष अघि म्याडम बित्नुभयो र अहिले तपाइँ जानुभयो, सायद दुई छोरी र एक छोराको शिक्षा दीक्षाका लागि शुभचिन्तकहरुको सहयोगको खाँचो छ ।
अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका नेता समेत रहनुभएको राजु भुजेलका अनुसार उहाँको शब अहिले उहाँको जन्म थलो स्याङजा लगेर अन्तिम बिदाई गर्ने कार्यक्रम रहेको छ ।

You might also like
Loading...