बर्दियामा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता पक्राउ

0 297

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य लक्ष्मी चौलागाई सहित ६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

संसदीय निर्वाचन बहिष्कार अभियानका सक्रिय नेतृ चौलागाई सहित अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य मनोज थापा , नेवा मोर्चाका चन्द्रमान मानन्धर , बिनय कुमार, चक्र खत्री, कुशदेव गौतम लगायतलाई जिल्लाको बढैयातालको पोटाहाबाट प्रहरीले गिरफ्तार गरेको हो ।

बुधवार बिहान पक्राउ परेको उहाँहरुलाई ईलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको छ । शान्तिपुर्ण रुपमा भेला हुन पाउने मौलिक अधिकारको हनन् गर्दै प्रहरीले पक्राउ गरेको भन्दै स्थानीयले प्रहरी प्रशासनको आलोचना गरेका छन् ।

You might also like
Loading...