निर्वाचनकाे पुर्वसन्ध्यामा  देशभर जताततै बम फेला

0 1,370

काठमाडौं । काठमाडौं उपत्यकाकाे जावलाखेल, बुढानिलकण्ठ, चावहिल, तारकेश्वर लगायत देशका विभिन्न भागमा प्रेसर कुकर बम फेला परेका छन् । ओखलढुंगामा शनिबार विहान फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार जिल्लाको मैलुङ गाउँपालिकास्थित पुलमा प्रेसर कुकर बम फेला परेको थियो ।
बम भेटिएपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेर त्यसलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । निर्वाचनको पूर्वसन्ध्या देसैभर बम फेला परिरहेको छ ।

दाङको तुलसीपुर ८ दोघरेमा शंकास्पद वस्तु भेटिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार मेट्रो होटेलको दक्षिणतर्फ उक्त वस्तु भेटिएको हो।
झोलाजस्तो वस्तु भेटिएको र त्यो शंकास्पद भएको भन्दै भोलि(आइतबार) बिहान मात्रै डिस्पोज गरिने उनले बताए। ‘झोलाजस्तो वस्तु भेटिएको छ, त्यहाँ शंकास्पद वस्तु हुन सक्छ। त्यसैले अहिले हामीले सुरक्षा दिएर राखेका छौँ। भोलि बिहान मात्रै नेपाली सेनाको टोलीले डिस्पोज गर्ने कुरा भएको छ।’

स्थानीयले झोलाजस्तो वस्तु बिहानै देखेको भए पनि साँझ मात्रै प्रहरीलाई खबर गरेका थिए। साँझ रात परिसकेकाले त्यसमा बम रहेछ भने क्षति हुन सक्ने भन्दै बिहान मात्रै डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
विराटनगर ३ पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु आज विहान भेटिएको छ । सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ ।
आज विहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।
नवलपुरको मध्यविन्दु– १३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। उक्त शंकास्पद वस्तु बम नभई उक्त हुक्स (क्षतविक्षत नगर्ने तर ठुलो आवाज दिने बस्तु) रहेको प्रहरीले जनाएको छ।

बिहान ७ः३० बजे नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद वस्तु (कुकर)भित्र पटका भरेर राखिएको थियो। प्लास्टिकले बेरिएको प्रेसर कुकरमा खतरा लेखिएको अवस्थामा हिजो साँझ फेला परेको थियो।

ललितपुरको भैंसैपाटीस्थित एउटा मन्दिरमा नक्कली पुतली (डमी) राखेर स्थानीयलाई आतंकित तुल्याइएको छ । भैंसेपाटीस्थि रेडियो नेपालको टावरको नजिकै रहेको मन्दिरको छेउमा राखिएको शंकास्पद डमीलाई सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ ।

आज दिउँसो भेटिएको उक्त कालो बस्तुलाई रातो कपडाले बेरिएको थियो । तत्काल प्रहरी र सशस्त्र प्रहरी को टोली त्यहाँ पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको बताइन्छ ।

केही बेरपछि सेनाको राजदल गणका उप सेनानी कुमार बस्नेतको कमाण्डमा पुगेको टोलीले उक्त शंकास्पद बस्तुलाई डिस्पोज गरेको थियो ।

शंकास्पद वस्तु कसले राखेको हो भन्ने नखुले पनि प्रहरीले भने निर्वाचन बहिस्कार आन्दाेलन गरिरहेका माेहन वैद्य किरण नेतृत्वकाे नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा बहुमतलगायतका दलहरुलाई आराेपित गरिरहेकाे छ । देशैभर वम फेला पर्न थालेपछि जनताले भाेट हाल्न जान असुरक्षाकाे महसुस गर्न थालेका छन् ।
You might also like
Loading...