नवलपरासीमा शक्तिशाली सिलिन्डर बम बिस्फोट

0 1,417

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट-२ चिसापानीस्थित बुधवारे हाटबजार नजिकै शक्तिशाली सिलिन्डर बम बिस्फोट भएको छ ।

संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समुहहरुले बिस्फोट गराएको हुन सक्ने स्थानीयको अनुमान छ । बिस्फोट भएको स्थानबाट दिब्यज्योती माबिको बुथ करिव एक सय मिटर दुरिमा रहेको जनाइएको छ ।

जिल्लामा नेकपा( क्रान्तिकारी माओवादी ); नेकपा( मशाल) र नेकपा( बहुमत)ले संसदीय निर्वाचन बहिष्कार / अबज्ञा गर्दै आएका छन ।बिस्फोट पछि स्थानीय बासिन्दामा त्रास फैलिएको बताइएको छ ।

You might also like
Loading...