दैलेखमा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु

0 126

दैलेख । दैलेखमा मासु घाँटीमा अड्किएर दैलेखमा एक जनाको ज्यान गएको छ । आज बुधवार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका ६ भूर्तीका ३८ वर्षीय वीरबहादुर सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाँटीमा मासु अड्किएपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो । उपचारकाे प्रयास भइरहँदा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।

You might also like
Loading...