देशभर क्रान्तिकारी माओवादीले मनायो, माओ दिवस

क्रान्तिकारी माओवादी र नेकपा (बहुमत)ले माओत्से तुङ लाई सम्झिए

0 167

बर्दिया । आज २६ डिसेम्बर, सन् १८९३ मा जन्मनुभएका माओत्सेतुङको १३०औं जन्मदिन हो । चिनिया जनताका मुक्तिदाता तथा विश्व सर्वहारा वर्ग एवं आम उत्पीडित जनताको मुक्तिको मार्गदर्शक माओत्सेतुङको जन्मदिनको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) लगायत नेकपा (बहुमत) र नेकपा (मशाल) को संयुक्त आयोजनामा बर्दिया जिल्लामाको गुलरिया जिल्ला अस्पतालमा सरसफाइ कार्यक्रम तथा जुलुस सहित राधाकृष्ण चोकमा कोणसभा सम्पन्न भएको छ ।

उक्त कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सचिवले सम्बोधनको क्रममा हामी सच्चा क्रान्तिकारी कम्युनिस्टहरुले माओको सम्झनामा यो कार्यक्रमको आयोजना गरेका कुरालाई विस्तृत गर्दै विश्व सर्वहारा वर्गका महान आदर्श एवं मुक्तिको मार्गदर्शक माओत्सेतुङले देखाउनु भएकोबाटोमा दृढतापूर्वक अगाडि बढ्न र नेपालमा क्रान्तिकारी आन्दोलनलाई विजयपथसम्म पुर्‍याउन सच्चा क्रान्तिकारी कम्युनिस्टहरु बीचको एकता अपरिहार्य भएको बताउनु भयो ।

साथै, उहाँले पुरानो सत्ता र व्यवस्था असफल भैसकेको स्थितिमा नयाँ विकल्पको रूपमा जनताको जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा पुग्न माओत्सेतुङले विकास गर्नु भएको निरन्तर क्रान्तिको सिद्धान्त अनुरुप क्रान्तिकारी आन्दोलनको थालनी गर्नु पर्ने स्थितिमा क्रान्तिकारीहरुले गम्भीरतापूर्व कदम चाल्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य क. विपीन रोकाया, लगायतकाअन्य पार्टीका नेता तथा कर्याकर्ताहरुको सहभागिता नेकपा (बहुमत) का नेता बालकृष्ण ओलीले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन नेकपा (बहुमत)का बर्दिया जिल्ला संयोजक क.शक्तिले गर्नु भएको थियो ।

पश्चिम नवलपरासी सहित देशैभर संयुक्त रूपमा १३० औँ माओ दिवस मनाइएको छ । सोमवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा माओत्से तुङको स्मरणमा दिवस बनाएका हुन् । कार्यक्रममा नेकपा( क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले विश्व कम्युनिष्ट आन्दोलनमा माओत्सेतुङको योगदान बारे चर्चा गर्दै क्रान्तिकारी धुब्रीकरणको आवश्यकता औल्याउनुभयो । कार्यक्रममा अर्का बक्ता नेकपा(बहुमत) महाधिबेशन आयोजक समितिका सदस्य तथा जिल्ल्ला ईञ्चार्ज शितलले नेपाली कम्युनिष्ट आन्दोलनले माओत्से तुङको जीवनबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले माओले राष्ट्रिय स्वाधीनताको पक्षमा र साम्राज्यवादको बिरुद्ध गरेको संर्घषबाट देशभक्त नेपालीहरुले सिक्नुपर्ने चर्चा गर्नुभयो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेललगायतले बोल्नुभएको थियो । कार्यक्रम जेष्ठ सदस्य गुणनीधि पोखरेलको अध्यक्षता नेकपा बहुमतमा गणेश बहादुर क्षेत्रीको संचालनमा भएको थियो । माओ त्से तुङ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता हुनुहुन्थो । उहाँले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हाल्नुभएको थियो । माक्र्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उहाँको सिद्धान्तलाई माओवादको नामले संसारभर चिनिन्छ ।

नेपालगन्ज उपमहानगरपालिकाको भेरी अस्पतालमा सरसफाइ कार्यक्रम गर्दै माओ दिवस मनाइएको छ । उक्त माओ दिवस नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी),नेकपा (मशाल ) र नेकपा (बहुमत)को संयूक्तत्वमा माओ दिवस मनाइएको हो ।
उक्त कोणसभाको सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) कि केन्द्रिय सदस्य लक्ष्मी चौलागाईंले माओलाई जन्मोत्सवको शुभकामना दिदै माओका निति र सिद्धान्त भन्दा बाहिर गएका कम्युनिष्ट नामका भनिने दलालहरु र भ्रष्टाचारीहरुलाई कम्युनिष्ट हु भन्ने कुनै आधार नरहेको बताइन् । उहाँले आफु माओको नीति र सिद्धान्त भन्दा बाहिर नजाने र अब फेरि देश र जनताको लागि क्रान्ति र सङ्घर्ष गर्नुपर्ने बताइन् ।

You might also like
Loading...