ठाकुरबाबामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

1 1,566

बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ बनविरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज वेलुकाको समयमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको  घटना स्थलमै मृत्यु भएको हो ।

भुरिगाउँबाट बनवीरपुर तर्फ धान लिएर जाँदै गरेको भे. १ ख ३८३७ नम्बरको मिनि ट्रक र बिपरित दिशाबाट आएको भे. ७ प ४६८२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ठाकुरबाबा नगरपालिका–५, शाहिपुरका २६ वर्षिय आशिष थारुको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

You might also like
Loading...