लम्कीचुहाबाट लागुऔषधसहित एक जना पक्राउ

0 145

कैलाली। कैलालीको लम्कीचुहाबाट लागुऔषध खैरो हेरोइन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–३ चिसापानी घर भएका ४० वर्षीय विजय मल्ल पक्राउ परेका हुन ।

प्रहरीले मल्लबाट ३२ ग्राम ५९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरेको छ । उहाँलाई लम्कीचुहा नगरपालिका–१ स्थित राजपुर स्थित लम्की–टिकापुर सडक खण्डबाट पक्राउ गरेको हो । चेकजाँच गर्दा उनको साथमा खैरो हेरोइन भेटिएको थियो । उहाँमाथि लागु औषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like
Loading...