अछाममा (क्रान्तिकारी माओवादी)द्धारा संगठन विस्तार तीव्र

0 1,080

अछाम । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संगठन विस्तार तथा सदस्यता वितरण अभियान तीव्र पारेको छ । सुदुरपश्चिम प्रदेशको अछाम जिल्ला कमलबजार नगरपालिकामा आज वडा कमिटी गठन भएको छ । वर्तमान राज्य सत्ताको विकल्प दिन सम्झौताहीन संघर्ष गर्ने प्रतिबद्धता सहित देशभर पार्टीले संगठन विस्तार गरिरहेको हो ।

पाटीका सुदुरपश्चिम प्रदेश सदस्य तथा अछाम जिल्लाका सचिव शिवराज बजगाई(सितल) र एकाई कमिटी सदस्य लक्ष्मण न्यौपाने(संघर्ष)को पहल कदमीमा दश सदस्यीय वडा कमिटी गठन भएको छ । उक्त कमिटीमा सेक्रेटरी देवराज ढकाल (दीप),सह सेक्रेटरी वेदराज ढकाल (ज्वाला),सदस्य दुर्गा बिक(दृष्टि),दुर्गा न्यौपाने (दीपिका), विष्णु देवकोटा,वेदप्रकाश तिमिल्सेना (बिपी), कृष्ण तिमिल्सेना,अशोक ढकाल,भक्तराज खनाल र मातृका ढकाल लगायत चयन हुनु भएको छ ।

You might also like
Loading...