क्रान्तिकारी माओवादीले नेपालगन्जमा यसरी मनायो जनयुद्ध दिवस

0 195

बाँके । नेकपा (क्रान्तिकारी माओवादी)ले नेपालगन्ज सहित देशैभर जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । उक्त कार्यक्रमको प्रमुख वक्ता पार्टीका पिविएम एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने रहनु भएको थियो । उहाँले सम्बोधनको क्रममा जनयुद्धको प्रक्रियामा नेपाली जनताले देखाएको अपूर्व त्याग, बलिदान तथा वीरताका उच्च कीर्तिमानहरुको स्मरण गर्दै सहिद तथा बेपत्तायोद्धाका परिवारजन, सम्पूर्ण पार्टीसदस्य कमरेडहरु, समर्थक तथा शुभचिन्तक जनसमुदाय एवम् अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु लगायत विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्नु भयो । लुम्बिनी प्रदेशका पनि विभिन्न जिल्लामा जनयुद्ध दिवस भव्य रुपमा मनाइएको छ ।

दाङकाे तुलसीपुरमा पनि भव्य रुपमा सम्पन्न भएको छ । अरनिको मैदानबाट जुलुस निकालेर वीरेन्द्र चाेक, विपि चाेक हुँदै बसपार्कमा गएर आमसभा भएको थियो । कार्यक्रमलाई क्रान्तिकारी माओवादी केस हिरामणि दुखी, समीर केसी र बहुमतका बिष्ट लगाएतले सम्बाेधन गरेका थिए । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा २८औं जनयुद्ध दिवस सडक प्रदर्शन सहित कोणसभा सम्पन्न गर्दै भव्य रुपमा मनाइएको छ ।

You might also like
Loading...