सुर्खेतमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

0 88

सुर्खेत । सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वि.क.को शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

You might also like
Loading...