लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न

0 170

बर्दिया । दुई क्रान्तिकारी महिला संगठनहरुको संयुक्त आयोजनामा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बर्दिया जिल्लाको गुलरियामा भव्य रुपमा सम्पन्न भएको छ । साथै,आज लुम्बिनी प्रदेशका बाँके,बर्दिया,दाङ,कपिलवस्तु, रुपन्देही, अर्घाखाँची र नवलपरासी लगायतका जिल्लामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाएका छन ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), नेकपा (बहुमत) निकट अखिल नेपाल महिला संगठनले ‘स्वाधीनता, समानता र जनगणतन्त्रका लागि संघर्ष गरौं, ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

अनेम संघ (क्रान्तिकारी) को केन्द्रीय सदस्य गंगा न्यौपानेले नेपालमा नयाँ जनवादी क्रान्ति पूरा नगरेसम्म नेपाली महिलाहरुले वास्तविक अधिकार प्राप्तिको अनुभूति गर्न नसक्ने कुरा बताउनु भयो । उहाँले महिलाहरुमाथि भइरहेको शोषण, दमन, विभेद, उत्पीडन, हत्या, हिंसाको अन्त्यका लागि जनगणतन्त्र प्राप्तिको संघर्षमा उत्रनुपर्नेमा जोड दिनुभएको थियो ।

आज उक्त कार्यक्रमको अध्यक्ष पार्वती कोइराला, प्रमुख अतिथि अनेम संघ (क्रान्तिकारी) को केन्द्रीय सदस्य गंगा न्यौपाने, विशिष्ट अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य विपीन रोकाया र नेकपा (बहुमत) का बर्दिया जिल्ला संयोजक शक्ति रहनु भएको थियो । त्यसै गरी नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सचिव विशाल, जिल्ला सचिवालय सदस्य हार्दिक र जर्मा शाही तथा नेकपा (बहुमत) का नेता चट्टान अतिथि रहनु भएको थियो । सो कार्यक्रमको संचालन हिमालले गर्नु भएको थियो ।

त्यसैगरी दाङ जिल्लामा आज २०७९ साल फागुन २४ गते अर्थात् आठ मार्च अंतराष्ट्रीय नारी दिवस घोराही ३ बेलुवा सहिद स्मृति पार्कमा भब्यताको साथ संपन्न भयो। कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ क्रांतिकारी की जिल्ला अध्यक्ष हेमंता घिमिरेले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको मंतव्य अखिल नेपाल महिला संघ क्रांतिकारीकी केन्द्रीय सदस्य सुशीला आचार्यले राख्नु भएको थियो। विशिष्ट अतिथिको आसान बाट नेकपा ( मशाल)का केन्द्रीय सदस्य शशीधर भण्डारीले बोल्नू भएको थियो।

वक्ताहरुले भन्नु भयो आज ११३औ अंतर्राष्ट्रीय महिला दिवस मनाई रहदा छोरी लाई भ्रूण नास गरिदै होला। यो धर्तीमा मुख दोखाऊँन सम्म अनुमति छैन अरबका देशका महिला आज पनी बुर्खा लगाएर हिड़न बाध्य छन। आज पनी दाइजोको कारण कती चेली ज्यूदै जली रहेका छन। आजपनी कती वृद्ध आमालाई बोक्सिको आरोप खपी रहनु भएको छ। आज पनी छोरा नजन्माएको कारण बहूविवाहका शिकार बनेका छन।यो दलाल पूंजीवादले महिलालाई बस्तुको रुपमा प्रयोग गरेको छ विज्ञापनको माध्यम बनेका छन। आज पनी राष्ट्रीय नीति निर्माणमामतदानको अधिकार सम्म पाएका छैनन। यो विडंबनापूर्ण अबस्थालाई चिर्न पनी हामी सम्पूर्ण महिला अधिकारको लागी अझै संघर्ष गर्नुपर्ने वस्तुगत अबस्था छ।

आज पनी महिला छोरी चेली निर्धक्क भएर हिडडुल गर्न सकने वातावरण छैन कुन ठाऊमा कुन चेली बलात्कृतहुनु पर्ने हो भन्न सकीने अबस्था छैन। ञात अज्ञात सहिदहरु प्रति एक मिनटको मौन धारण बाट कार्यक्रम अगाड़ी बढ़ेको थियो।कार्यक्रममा आफ्नो मंतव्य राख्ने बक्ताहरुले संघर्ष बिना कुनै पनी अधिकार पाइदैन भन्नु भयो। आज पनी महिला मुक्तिको प्रश्न यो दलाल पूँजीवादी राज्य व्यवस्थाको अन्त्य र नयाँ जनवादी क्रान्ति बिना संभव छैन भन्नु भयो। यो समय क्रांतिकारी शक्तिको धुर्बीकरण हुने समयको माग भएको छ।

You might also like
Loading...