नागरिक बेचबिखन गर्ने राज्यका शासकहरु

0 294

१. शाह र राणा शासकहरुले नेपाली नागरिकहरुलाई भाडाको सेना (Mercenary Soldiers) को रुपमा ब्रिटिश इन्डियालाई बिक्रि गरेका थिए। ब्रिटिशले इन्डियालाई स्वाधीनता प्रदान गरेर जांदैगर्दा दश वटा रेजिमेंटको संरचनामा रहेको ब्रिगेड अफ गोर्खाज लाई वेलायत र इन्डियाले आपसमा भागबंडा गर्न तयार पारेको सन १९४७ को त्रिपक्षीय संझौतामा सहमति जनाउनेमा पनि शाह-राणाहरु नै थिए। त्यस मार्फत ब्रिटिशले अहिले पनि सिंगापुर र ब्रुनाईमा समेत निर्बाध बिक्रि गरिरहेकोछ।

२. पंचायतको अवसान भएर राजा सहितको संसदीय बहुदलीय शासन व्यवस्थाको स्थापना पछि सत्तासिन भएका नेपाली कंग्रेस र नेकपा (एमाले) ले देशमा उद्योगधंदाको विनास र रोजगारको खडेरी पारेर नेपाली नागरिकलाई नव श्रमदास (Neo-Wage Slaves) को रुपमा बिक्रि गर्ने नीतिलाई अगाडी बढाएका थिए। तत् प्रयोजनकालागि मन्त्रालय नै खोलेर म्यान पावर कंपनिका संचालकलाई नै मन्त्री नियुक्त गरेका थिए। त्यस प्रकारको हर्कतमा कथित नयां भनिएकाहरु समेत सहभागी भैसकाछन।

३. लोकतान्त्रिक गणतन्त्रको आगमन पश्चात नेपाली कंग्रेस, नेकपा (एमाले), नेकपा (माके) र तीनिहरुका विभिन्न सहचरहरु समेतको साझेदारीमा सार्वभौम भनिएका नेपाली नागरिकहरुलाई नक्कली (भुटानी) शरणार्थी (Fake Expatriates) बनाएर बिक्रि गर्ने उपक्रम सम्म आईपुगेकोछ। भाडाको सेना हुदै नव श्रमदास भएर नक्कली शरणार्थी सम्म आईपुग्दा सार एउटै नागरिक बेचबिखन गर्ने रहेकोछ भने रुपमा मात्रै परिवर्तन आएकोछ। स्वार्थ बाझिएका कारणले मात्र पछिल्लो काण्ड सतहमा देखापरेकोछ। ( – लेखक, परि थापा, क्रान्तिकारी कम्निस्ट पार्टी नेपालका नेता)

You might also like
Loading...